\
राष्ट्रिय समाचारसमाचार

विद्यार्थीद्वारा क्याम्पस सरसफाइ

८ साउन, काठमाडौं । नेपाल ल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुद्वारा सोही क्याम्पसमा सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन् ।

प्रदर्शनीमार्गस्थित क्याम्पसको एलएलबि दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसमा विधिको शासन र कानूनी सर्वोच्चता कायम रहोस् भन्ने हेतुले सरसफाइ कार्यक्रम राखिएको कार्यक्रम संयोजक सविन पोख्रेलले बताए ।

सदाको वर्षझैँ यसवर्ष पनि सरसफाई कार्यक्रमलाई निरन्तरता दिइएको संयोजक पोख्रेलले बताए । उनले भने, ‘क्याम्पसमा विद्यामान विकृति र विसंगतिलाई पनि बढार्न टेवा पुगोस् भनेर गरिएको उक्त सरसफाइ कार्यक्रम राखिएको हो’ ।

सरसफाइ कार्यक्रमको सुरुवात क्याम्पसका क्याम्पस प्रमुख डि एन पराजुलीले झाडु लगाएर गरेका थिए । बिहान ८ः३० मा सुरु भएके कार्यक्रममा दोस्रो वर्षका करिब १०० बढी विद्यार्थीको सहभागीता रहेको थियो । कार्यक्रममा सहायक क्याम्पस प्रमुख सनद देवकोटा, नविन सुब्बा तथा शिक्षक विष्णुमाया भुसाल, विद्यार्थीहरु सुरज सेजुवाल, राजकुमार उप्रेतीका साथै विएएलएलविका विद्यार्थीहरुको पनि उल्लेख्य सहभागीता रहेको थियो ।

क्याम्पस नियमित सरसफाई हुनुपर्ने, पार्किङ व्यवस्थित गरिनुपर्नेसहित ५ बुँदे ज्ञापनपत्र पनि सहायक क्याम्पस प्रमुख देवकोटालाई हस्तान्तरण गरिएको थियो ।

Leave a Reply