\
राष्ट्रिय समाचारसमाचार

एक्वेरीयम हाउस सञ्चालनमा

२४ असार, चितवन । नारायणगढको प्रगति पथमा भिन्न किसिमको एक्वेरीयम हाउस सञ्चालनमा आएको छ ।

वीरगञ्जका व्यवसायी मुस्तफा आलमले यहाँका व्यवसायीसँग सहकार्य गरी नेपाल एक्वेरीयमका नाममा शनिबारबाट एक्वेरीयम हाउस सञ्चालनमा ल्याउनुभएको हो ।

आलमका अनुसार विभिन्न रंग र प्रजातिका माछा, माछाको दाना, औषधि, एक्वेरीयम र सजावटका सामान त्यहाँबाट बिक्री वितरण थालिएको छ । डिजिटल एक्वेरीयम चीन र थाइल्याण्डबाट एवं सामान्य खालको एक्वेरीयम यहीँ निर्माण गरिने उहाँले बताउनुभयो । माछा भारतको कोलकत्ता र थाइल्याण्डबाट ल्याइएको उहाँले जानकारी दिनुभयो ।

नेपालमा हाल सञ्चालनमा रहेका एक्वेरीयम हाउसभन्दा उच्च किसिमको र तुलनात्मक हिसाबले सस्तोमा सामग्री वितरण थालिएको आलमको दाबी छ ।

उहाँका अनुसार रु १० हजारदेखि दुई लाखसम्मका एक्वेरीयम बिक्रीका लागि राखिएको छ । एक्वेरीयम हाउसको शनिबार युवा नेता कैलाश कोइरालाले उद्घाटन गर्नुभयो ।(रासस)

Leave a Reply