\
राष्ट्रिय समाचारसमाचार

स्व विन्दु पाण्डे महिला पत्रकारिता पुरस्कार खड्कालाई

५ असार, पर्सा । स्व विन्दु पाण्डे महिला पत्रकारिता पुरस्कार २०७५ वीरगञ्जकी सञ्चारकर्मी कविता खड्कालाई प्रदान गरिएको छ ।

विन्दुदेवी पाण्डे स्मृति महिला पत्रकारिता पुरस्कार प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहानले महिला सञ्चारकर्मी खड्कालाई नगद रु ११ हजार र प्रमाणपत्र प्रदान गर्नुभयो ।

उहाँले यही असार ९ गते वीरगञ्जमा बस्ने नेपाल पत्रकार महासंघ प्रदेश नं २का पदाधिकारीहरुको बैठकले श्रमजीवी पत्रकारको पारिश्रमिकदेखि उनका हकहित, साना लगानीमा सञ्चालनमा रहेका सञ्चारगृह र महिला पत्रकारको विकासका सवालमा केही निर्णय गरिने बताउनुभयो ।(रासस)

Leave a Reply