रवि गृहमन्त्री भएपछि एकैपटक १४१ जना डीएसपीको सरुवा
काठमाडौं । नेपाल प्रहरीले १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो पटक गृहमन्त्री भएपछि प्रहरी प्रधान कार्यालय नक्सालले एकैपटक १४१ जना डीएसपीको सरुवा गरेको जानकारी दिएको हो ।
प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णयअनुसार मिति २०८० साल चैत्र महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी नायव उपरीक्षकहरूलाई सरुवा गरिएको सूचनामा उल्लेख छ ।
१४१ जना डीएसपीको सरुवा, को कहाँ पुगे ?