दोलखा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
काठमाडौँ । दोलखा जिल्ला केन्द्रबिन्दु भएर मंगलबार एकाबिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखा आसपास केन्द्र भएर ४.१ म्यानिच्यूडको भूकम्प गएको हो ।
आज मंगलबार बिहान ४ बजेर ५८ मिनेट जाँदा दोलखाको हाटडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको केन्द्रले जनाएको छ । यसअघि यही फागुन ४ गते शुक्रबार बझाङ जिल्लाको परकाट्ने केन्द्रविन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।