\
समाचार

विश्व उपभोक्ता महासंघद्वारा अध्यक्ष गैरे सम्मानित

काठमाडौं । खवरब्रेकिंग डट कम अनलाइन मिडियाका अध्यक्ष तथा प्रधान-सम्पादक रामप्रसाद गैरे सम्मानित भएका छन् । विश्व उपभोक्ता महासंघ नेपालद्वारा अध्यक्ष गैरे सम्मानित भएका हुन् ।

हिजो एक विशेष कार्यक्रमका बीच उनलाई पूर्वप्रधानन्यायधीश एवं मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सम्मान गरेका हुन् । प्रधान-सम्पादक गैरे सम्वाद क्लव नेपालका अध्यक्ष समेत हुन् ।

अध्यक्ष गैरेलाई दुई दशकदेखि अत्यन्त निष्ठा र समर्पणका साथ संचार एवं समाजसेवाको क्षेत्रमा क्रियाशिल भएर आर्थिक र सामाजिक रुपान्तरणको लागि गरेका योगदानको कदरस्वरुप संस्थाको आठौं वार्षिकोत्सबको अवसरमा “राष्ट्रिय सेवा सम्मान २०८०” द्वारा सम्मानित गरिएको हो ।

Leave a Reply