हुण्डी र सुन कारोबारको आरोपमा कपडा व्यापारी नरेश अग्रवाल पक्राउ
काठमाडौं । कपडा व्यापारी नरेश अग्रवाल पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागले २ करोड नगदसहित कपडा ब्यापारी अग्रवाललाई पक्राउ गरेको हो ।
हुण्डी, सुन कारोबार र क्रिप्टोकरेन्सी कारोबारमाको आरोपमा विभागको टोलीले बिहीबार राति क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेए उनलाई घरबाट पक्राउ गरेको हाे ।
विभाग स्रोतका अनुसार अग्रवाल अवैध धन्दामा लागेको शंकामा लामो समयदेखि निगरानी गरिएको थियो । अग्रवालको घरबाट दुई हजार अमेरिकी डलर पनि बरामद गरिएको छ ।
उनले बाहिर कपडाको व्यापार देखाएर अवैध कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको विभागको दाबी छ ।