\
समाचार

सिरिजङ्गा सरोकार समाजको छैटौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । सिरिजङ्गा सरोकार समाजको छैटौ वार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन समाजका अध्यक्ष अधिवक्ता हरिचन्द्र भट्टराईको अध्यक्षतामा काठमाण्डौको अनामनगरस्थित सामाजिक विकास समाजको सभाहलमा भव्यताका साथ गत शनिबार सम्पन्न भएको छ ।

पूर्वमन्त्री योगेश कुमार भट्टराईको प्रमुख आतित्थ्यमा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथिहरु क्रमश: माननीय उर्मिला थेवे, लिलादेबी बोखिम, पूर्वमन्त्री मणि लामा, पूर्व राज्यमन्त्री वाङ्ग्दि शेर्पाको उपस्थिति रहेको सो कार्यक्रमको संचालन समाजका महासचिव बिरेन्द्र कुमार दाहालले गरेका थिए भने बरिष्ठ उपाध्यक्ष देवी प्रसाद गौतमले प्रमुख अतिथि, अतिथि र उपस्थित सम्पूर्ण महानुभावहरुलाई शब्दगुच्छाले स्वागत गरेका थिए ।

अतिथिहरु शशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरिक्षक चन्द्रप्रकाश गौतम, सेवा निवृत्त राष्ट्र सेवक अनन्त बहादुर थेवे, राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका केन्द्रिय अध्यक्ष भवानी प्रसाद खरेल, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य खेल प्रसाद बुढाछेत्री (पराग) , बरिष्ठ अधिबक्ता हर्क भट्टराई, नेपाल स्वतन्त्र पार्टी ताप्लेजुङ्ग संयोजक ई. बिरेन्द्र श्रेष्ठ, स्याण्डीका कार्यक्रम निर्देशक तथा अर्थशास्त्री मणि नेपाल, स्वतन्त्र कानून व्यवसायी मंचका संयोजक अधिबक्ता यज्ञमणि न्यौपाने, हिल्टन हाइड्रो इनर्जी, स्नो रिभर्स प्रालिका अध्यक्ष र काबेली हाइड्रो पावरका निर्देशक मोहन बिक्रम कार्की, ताप्लेजुङ्ग सरोकार केन्द्र काठमाडौँका अध्यक्ष टंक श्रेष्ठ, ताप्लेजुङ्ग समाज, नेपालका महासचिव देउमान बिस्ट, काठमाण्डौ खेवांग हातेमालोका अध्यक्ष हरिचन्द्र दाहाल, ढोक्प्या लर्निङ्ग ग्राउण्ड्सका मिङ्ग्मा डंडु लामा, रेड पाण्डा नेटवर्कका कार्यक्रम निर्देशक सोनाम टासी लामा, फरह्याण्ड साकोसका अध्यक्ष दुर्गालाल मिश्र, कम्याक स्कुलका प्रिन्सिपल धनेश्वर राउत, कववेब ट्राभल एंड टूरका महेश्वर केसी, समाजका संस्थापक महासचिव प्रकाश इवारम, ६९ औं पटक रक्तदान गरि उदाहरणिय कार्य गर्नु भएका समाजसेवी भक्ति भट्टराई, युवा साहित्यकार राजा माबो, लगाएत विभिन्न पेशा व्यवसायका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र गन्यमान्य व्यक्तित्वहरुको भब्य उपस्थिति रहेको थियो ।

एक सामान्य संस्थाको वार्षिक क्यालेन्डर अनुसारको नियमित साधारण सभा मात्र थिएन, सिरिजङ्घा कंचनजंघा पर्यटन प्रबर्धन, जलबिद्युत बिकास, जलबायु परिवर्तन तथा दीगो बिकासका लागि सार्बजनिक सुनुवाई तथा नागरिक बहस कार्यक्रम पनि भएकोले बक्ताहरुले साधारण सभाको शुभकामना साथै उल्लेखित बिषयमा आ आफ्ना धारणा राखेका थिए ।

यो छैटौ साधारण सभाले पचास वर्षे कार्ययोजनालाइ निरन्तरता दिदै सिरिजङ्घालाई पूर्वको घान्द्रुक (मोडल) सिरिजङ्घा बनाउन नीति निर्माण गर्न गराउन पहल गर्ने घोषणा गरेको छ ।

कार्यक्रममा मिति २०८० भाद्र १९ गते यस समाजले संचालन गरेको खुल्ला बृहत रक्तदान कार्यक्रममा सहभागी संघसंस्थाहरुलाई कदर पत्र प्रदान गरिएको थियो भने, निबन्ध लेखन प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल काम्यक स्कुलका छात्रा सुहाना रजकलाई प्रशंसा पत्र प्रत्र सहित मायाको चिनो पनि प्रदान गरिएको थियो। काम्यक स्कुलका छात्राहरुको नृत्यकलाले दर्शकदिर्घालाई निकै नै लोभ्याएको थियो । त्यसैगरी संस्थाका नयाँ आजीवन सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।

अन्त्यमा संस्थाको सम्पन्न तेश्रो अधिबेशनले तपसिल अनुसारको कार्यसमिति चयन गरेको छ ।
अध्यक्ष – हरि चन्द्र भट्टराई
उपाध्यक्ष – प्रेम कुमार गुरुङ
उपाध्यक्ष – गोपाल भण्डारी
उपाध्यक्ष – रोशनी लिम्बु
महासचिब – बिरेन्द्र कुमार दाहाल
सचिब – जीबन कुमार बस्नेत
सचिब – मिङमा भोटे
कोषाध्यक्ष – पूर्ण बहादुर महत
सदस्य – कमला गौतम
सदस्य – अनिता गुरुङ
सदस्य – सुरेन्द्र थेबे

Leave a Reply