\
मुख्य समाचारसमाचार

त्रिशूलीमा दुर्घटनाग्रस्त भारतीय जीप फेला पारे गोताखोरले

चितवन । त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको जीप त्रिशूली नदीमा खसेको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो ।

त्रिशूली नदीमा जीप खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारको गोताखोरको टोली परिचालन गरिएको थियो । जीप नदीमा खसेको सूचना पाएपछि परिचालित गोताखोरको टोलीले भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला पारेको हो ।

डुंगासहित त्रिशूली नदीमा परिचालन गरिएको गोताखोरको टोलीले भारतीय नम्बर प्लेटेको बोलेरो जीप फेला पारेको हो । बीआर ०९ जीसी १४३० नम्बरको सेतो रङको सिंगल क्याब बोलेराे फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।

जीप खोज्न कुरिनटारस्थित सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन तालिम शिक्षालयबाट सात जनाको गोताखोरसहित १० जनाको टोली र १७ नम्बर गण चितवनबाट १३ जनाको टोली परिचालन गरिएको थियो ।

स्थानीयले जीप नदीमा खसेको खबर गरेपछि उक्त टोली घट्नास्थलमा खटाइएको हो । आज बिहान पौने ५ बजेको समयमा जीप त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

जीप सडकबाट लगभग ८५ मिटर तल खसेको हो । उक्त गाडीलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ । उक्त जीपमा कति यात्रु सवार थिए भन्ने यकिन हुन नसकेको प्रहरीले बताएको छ ।

Leave a Reply