न्यायाधीश पत्नीले नै गरिन् सर्वोच्च परिसरमा आत्मदाहको प्रयास
काठमाडौं । बलात्कार मुद्दामा पक्राउ परेका जिल्ला न्यायाधीश भुवन गिरीकी पत्नी आरतीले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी छन् । आज आइतबार दिउँसो उनले सर्वोच्च अदालतको गेटबाहिर पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् ।
उनले आफ्नो शरीरमा पेट्रोल खन्याउन लागेपछि प्रहरीले रोकेको थियो । प्रहरीसले उनीसँग रहेको पेट्रोलको बोतल र सलाई खोसेर नियन्त्रणमा लिएको जनाएको छ ।
आरतीले न्यायधीश गिरीविरुद्ध बैवाहिक बलात्कारको आरोपमा उजुरी दिएकी छन् । यसअघि पक्राउ परेका गिरीलाई अदालतले धरौटीमा रिहा गरेको थियो ।