\
मुख्य समाचारसमाचार

‘टुटल’ कम्पनीका संस्थापक शिक्षित भट्ट पक्राउ

काठमाडौं । नेपालमा राइड सेयरिङ भित्र्याउने पहिलो कम्पनी ‘टुटल’का संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले भट्टलाई हिजो बिहीबार राति पक्राउ गरेको हो ।

उनीविरुद्ध प्रतिलिपि अधिकारको उल्लंघन गरेको र आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीमा जाहेरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि टुटल बिक्री गरेर आएको रकम संस्थाका अन्य साझेदारहरूलाई नदिइ आफैँले लिएको आरोप हो ।

प्रहरीका अनुसार भट्टले टुटल कम्पनी एक करोड रुपैयाँमा बिक्री गरेको खुलेको छ । हाल पठाओ र इन्ड्राइभ समेत सञ्चालनमा छन् ।

Leave a Reply