११ औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइदै
काठमाडौँ । ‘नेपाली टोपी: नेपाली पहिचान’ भन्ने मूल नाराको साथ सोमबार ११ औँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइदै छ । जागरूक युवा अभियान नेपालले हरेक अंग्रेजी नयाँ वर्षको अवसर पारेर विगत ११ वर्षदेखि नेपाली टोपी दिवस मनाउँदै आइरहेको छ ।
आज बिहान ८ बजेदेखि वसन्तपुरमा भेला भएर कार्यक्रम गरिने छ । अङ्ग्रेजी नयाँ वर्षको दिन आज वसन्तपुरमा भेला भएर युवायुवतीले गत वर्षजस्तै ‘टोपी दिवस’ मनाउन लागेका हुन् ।
अङ्ग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको अभियानले भन्दै २०७० सालदेखि नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि ‘टोपी दिवस’ मनाउन शुरु गरेका हुन् ।
सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी)लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएको छ ।