\
मुख्य समाचारराजनीतिसमाचार

संघीय फोरम र राजपालाई राष्ट्रिय दलको सुविधा

२७ जेठ , काठमाडौँ  ।  संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) ले राष्ट्रियसभामा राष्ट्रिय दलले पाउने सेवा सुविधा पाउने भएका छन् ।

राष्ट्रियसभाको नयाँ नियमावलीमा उक्त दललाई पनि राष्ट्रिय दलको रुपमा राख्ने सहमति भएको राष्ट्रियसभाका अध्यक्षका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिनुभयो ।

यी दुवै दलका दुई÷दुईजना राष्ट्रियसभा सदस्य छन् । राष्ट्रियसभाको बैठक शुरु हुँदैछ । आजको बैठकले राष्ट्रियसभा नियमावली पारित गर्नेछ । (रासस)

Leave a Reply