नेपाल प्रहरीका १२० जना डीएसपीको सरुवा (सूचीसहित)
काठमाडौँ । नेपाल प्रहरीका १२० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूको सरुवा गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले १२० जना डीएसपीको सरुवा गरेको हो ।
प्रहरी महानिरीक्षक बसन्त कुँवरको भदौ १५ गतेको निर्णयअनुसार भदौदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
केही जिल्ला प्रहरी कार्यालय र उपत्यका स्थित प्रहरी वृत्तका इन्चार्ज फेरिएका छन् । प्रहरी वृत्त महाराजगञ्जमा अमरबहादुर थापा क्षेत्रीलाई सरुवा गरिएको छ ।
प्रहरी वृत्त गौशालामा केशव कुमार थेवे, दरबारमार्गमा गोविन्द थापा, सोह्रखुट्टेमा चतुर्भुज ओझा, जगातीमा दिप्ती कार्की र स्वयम्भूमा पूर्णिमा चन्दलाई सरुवा गरिएको छ । प्रहरी वृत्त बौद्धमा राजु पाण्डे र नयाँ बानेश्वरमा शिवराज बुढाथोकीलाई ल्याइएको छ ।
हेर्नुहोस् प्रहरीका १२० जना डीएसपी को कहाँ पुगे ?