स्वामी चन्द्रेशको निधन
काठमाडौँ । आध्यात्मिक गुरु स्वामी चन्द्रेशको निधन भएको छ । काठमाडौको शिवपुरीमा विगत ५५ वर्षदेखि योग साधनायुक्त स्वामी चन्द्रेशको ८० वर्षकाे उमेरमा हिजो राती ८ बजे ह्याम्प्स अस्पताल मण्डिखाटार काठमाडौँमा निधन भएको डा. बासुदेव कृष्ण शास्त्रीले जानकारी दिएका छन् ।
लामाे समयदेखि मृगौलासम्बन्धी राेगबाट पीडित स्वामी चन्द्रेश नियमित डायलासिस गराउँदै आएका थिए । हिजाे राति बुढानीलकण्ठस्थित आश्रमबाट ह्याम्स अस्पतालमा डायलासिसका लागि गएका उनकाे अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे हाे ।
डा. बासुदेव शास्त्रीका अनुसार सुगरका रोगी स्वामी चन्द्रेशका दुवै मृगौलाले बिगत ५ वर्षदेखि काम गर्न छोडेकोले डाइलासिस गर्दै आएका थिए । हिजो निधन भएका स्वामी चन्द्रेशको समाधी आज दिउँसो ३:३० बजे आश्रममा हुने पनि उनले जानकारी दिएका छन् ।
भारतको इस्ट बंगालमा जन्मेका स्वामी चन्द्रेशले कर्मथलो भने नेपालमा बनाएका थिए । नेपालको प्राकृतिक वैभवतामा लठ्ठिएका स्वामी चन्द्रेश नेपालमा विश्वलाई ज्ञान दिने शक्ति रहेको बताउथे । उनले प्राचीन र वैदिक भूमि नेपालले आफ्नो पहिचान गुम्न नदिन मुलुकलाई हिन्दू राष्ट्र बनाउनुपर्ने तर्क गर्थे ।
लामाे समयअगाडि नेपाल आएका स्वामी चन्द्रेशले बुढानीलकण्ठमा स्कुल सञ्चालन गर्नुका साथै विभिन्न आध्यात्मिक गतिविधिमा सामेल हुँदै आएका थिए । नेपालमा उनका थुप्रै शिष्यहरू छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘स्वामी चन्द्रेश, शिवपुरी काठमाडौमा विगतमा ५५ वर्षदेखि योग साधनायुक्त उहाँको शरीर सान्त भएको छ, समाधी आज दिवा ३ ३० वजे आश्रममा हुने छ, ॐ नम :शिवाय ।’