काठमाडौँको भोटेबहालमा इनारमा डुबेर २ जना युवाको मृत्यु
काठमाडौँ । काठमाडौँमा इनारमा डुबेर दुई जना युवाको ज्यान गएको छ । काठमाडौँको भोटेबहालमा इनारमा डुबेर दुई जनाको मृत्यु भएको हो ।
झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बु र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँ स्रोतले जानकारी दिएको छ ।
पानी तान्ने मोटर निकाल्न पसेका दिपेन ननिस्किएपछि उनलाई बचाउन इनारामा पसेका जितेशको पनि ज्यान गएको प्रहरीले बताएको छ ।