\
बागमती प्रदेशमुख्य समाचारसमाचार

ललितपुरको इमाडोलमा बस पल्टिँदा १९ जना घाइते

ललितपुर । ललितपुर जिल्लाको इमाडोलमा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । ललितपुरको इमाडोलस्थित बाहुनधारामा आज बिहानै साढे ५ बजे बस पल्टिएको हो ।

ललितपुरको लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका-१ बाहुनधारास्थित सडकबीचमै पल्टिएको हो । बस अनियन्त्रित भई पल्टिँदा चालकसहित यात्रु घाइते भएको प्रहरीले बताएको छ ।

उक्त गाडीमा २४ जना सवार रहेका थिए । घाइते १९ जनामध्ये १८ जनाको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ । एकजना किष्ट अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

Leave a Reply