शरणार्थी प्रकरण : सरकारी वकिलको जवाफी बहस सकियो, आदेश आउँन बाँकी
काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा आज जवाफी बहस सकिएको छ । नक्कली भुटानी शरणार्थी बनाएर करोडौं ठगी गरेको प्रकरणको सबै बहस सकिएको हो ।
आज शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा ५ जना सरकारी वकिल र २ जना अधिवक्ताले जवाफी बहस सकेका छन् । जवाफी बहस सकिएसँगै अब न्यायाधीश न्यौपानेले यस मुद्दामा आदेश दिने छन् ।
सो प्रकरणमा पक्राउ परेका १८ जना आरोपीको तर्फबाट थुनछेक बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गरेका हुन् । उनीविरुद्ध ठगी, राज्यविरुद्ध कसुर, संगठित अपराध, लिखत किर्ते र एकीकृत कसुरमा मुद्दा दर्ता गरिएको छ । जवाफी बहस सकेसंगै धरौटीमा थुनामुक्त हुने वा थुनामा पठाउने भन्ने आदेश अदालतले दिने छ ।