\
कला-साहित्यराष्ट्रिय समाचारसमाचार

नेपालभाषाका अगुवा सैँजूको निधन

१६ जेठ, भक्तपुर । विराट नेपालभाषा साहित्य सम्मेलन गुथीका संस्थापक सदस्य एवं जिल्लामा नेपालभाषा, साहित्य र राजनीतिक जागरणका अगुवा रत्नगोपाल सैँजूको ८७ वर्षको उमेरमा निधन भएको छ ।

सिनामंगलको केएमसी अस्पतालमा उपचारका क्रममा निधन हुनुभएका उहाँको मंगलबार साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको उक्त गुथीका सचिव बाबुकाजी श्रेष्ठले बताउनुभयो ।

पञ्चायती व्यवस्थाले नेपाली जनताको हक, अधिकार र भाषिक स्वतन्त्रताको हनन गरेपछि तानाशाही व्यवस्थाको विरुद्धमा आवाज बुलन्द गर्न सैँजूले सो गुथी स्थापना गर्नुभएको उहाँले जानकारी दिनुभयो ।(रासस)

Leave a Reply