बालबालिकालाई यौन दुर्व्यवहार आरोपमा कृषि विज्ञ मदन राई पक्राउ
खोटाङ । कृषि विज्ञ मदन राई पक्राउ परेका छन् । बालबालिकालाई यौन दुर्व्यवहार आरोपमा ७५ वर्षीय कृषि विज्ञ राई आज पक्राउ परेका हुन् ।
राईले खोलेको फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि प्रहरीले आज शुक्रबार राईलाई पक्राउ गरेको हो । राईलाई उनीद्वारा सञ्चालित ‘शुभद्रा मदन फाउन्डेसन’ बाटै पक्राउ गरिएको बताए ।
राईलाई अहिले जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतमा राखिएको छ । उनीमाथि फाउण्डेसनमा अध्ययनरत बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।
उक्त फाउन्डेसनमा पढाउन भनेर राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको भिडिओसहितको स्टोरी हिजो बिहीबार अनलाइन पोर्टल सेतोपाटीमा छापिएको थियो ।
शुभम फाउन्डेसनभित्र भएको उक्त घटना सार्वजनिक भएलगत्तै उनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएर अनुसन्धाान थालेर राईलाई आज शुक्रबार नै अदालत उपस्थित गराएर अनुसन्धान सुरु गर्ने प्रहरीले जनाएको छ ।
मदनले स्कुलमै पढ्ने एक बालिकालाई शरीर मालिस गर्न लगाउँदै गरेको भिडिओ पनि सार्वजनिक भएको छ । ६ जना किशोरीहरूले उनीहरूमाथि मदनले गरेको यौन दुर्व्यवहारबारे विस्तृतमा बताएका छन् ।