\
मुख्य समाचारसमाचार

‘न्याय नपाएको लास जलाउँदै छौँ’ लेखिएको मार्मिक प्लेकार्डसहित निराको अन्त्येष्टि

काठमाडौँ । यही वैशाख ७ गते हत्या गरिएकी काठमाडौँ कपन सरस्वतीनगरकी निरा पाण्डे आचार्यको आज पशुपतिस्थित आर्यघाट अन्त्येष्टि गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले आइतबार हत्यामा संलग्न भएको आरोपमा झापाबाट विनोद विकलाई पक्राउ गरेको थियो ।

सिआइबीको टोलीले निराका घरपरिवार तथा आफन्तसँग छलफल गरेर शव जिम्मा लगाएको थियो । माइती पक्षले भने प्रहरीको अनुसन्धानमा चित्त नबुझेको भन्दै अन्त्येष्टिमा सहमति जनाएको थिएन ।

निराको आज साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको आफन्त प्रकाश श्रेष्ठले जानकारी दिए । उनका आफन्तले अझैपनि पूर्ण रुपमा न्याय नमिलेको भन्दै न्यायको प्रत्याभूति नभएसम्म चुप लागेर नबस्ने भन्दै निराको पक्षमा न्यायको माग गरेका छन् ।

निराको अन्त्येष्टि गर्न पशुपतिनाथ किनार बागमती पुर्याउदा ‘न्याय नपाएको लास जलाउँदै छौँ’, ‘लाससंगै न्याय जलिरहेको छ, लाचार सरकार हेरेर वस्’ जस्ता मार्मिक नारा प्लेकार्डमा लेखिएको थियो ।

Leave a Reply