\
अपराधघटनाराष्ट्रिय समाचारसमाचार

गोली चलाई रकम लुटपाट

१३ जेठ,  धनगढी । धनगढी उपमहानगरपलिका पुरानो भन्सार रोडमा रहेको एसिसी बैंक नजिकैको चोकमा गोली चलाएर आज एक व्यक्तिको रकम लुटिएको छ ।

एसिसी बैँकबाट रु नौ लाख निकालेर फिर्ता फर्किँंदैै गर्नुभएका धनगढी– २ का ३६ वर्षीय निर्मल सार्कीमाथि मोटरसाइकलमा आएका अपरिचित दुई जनाको समूहले गोली चलाई रकम लुटेको हो । सार्कीको एउटा हातमा गोली लागेको छ ।

उहाँलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढीमा पु¥याइएको छ । गोली चलाउनेको खोजतलास व्यापक रुपमा भइरहेको प्रहरी उपरीक्षक विनोद घिमिरेले बताउनुभयो । लुटिएका सार्की ग्लोबल आइएमी बैंकमा कार्यरत भएको बुझिएको छ । (रासस)

Leave a Reply