दिएकि छेउ त्यो मन अनि मुटु प्यारको बदलामा
दिएकि छेउ त्यो मन अनि मुटु प्यारको बदलामा ।
तिमी आफै भन कसरी म छुटु प्यारको बदलामा ।।
साच्चि कसैलाई धेरै बिश्वास पनि त नपच्ने रैछ ।
बिर्सिए खाएको बीस घुटुघुटु प्यारको बदलामा ।।
तिमिलाई माया दिदा पनि निकै टाढा बनेकी छौ ।
बरु बुझ कुकुरनि गर्छ लुटुपुटु प्यारको बदलामा ।।
यो संसार जोड्नेहरुको भन्दै बोलेको हिजै हो ।
अहिले भन्छौ हामि अब फुटु प्यारको बदलामा ।।
यतिसम्म गिर्छौ,यस्तो व्यबहार गर्छेउ सोचिएन ।
तिमिले पठायछौ छुरी सुटुसुटु प्यारको बदलामा ।।
*बिजय कुमार शाह ‘अनुराग’ रुकुमका युवा गजलकार हुन् ।