दोलखाको सुरी केन्द्रविन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प
काठमाडौँ । दोलखा जिल्लाको सुरी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दोलखाको सुरी केन्द्रविन्दु भएर आज बिहान ११ बजेर २७ मिनेट जाँदा ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो ।
उक्त भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम बढेको छ ।
यसअघि गत चैत १५ गते ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
An Earthquake of local magnitude (Ml) 5.2 occurred around Suri of Dolakha district at 11:27 on 2079/12/18.
NEMRC/DMG.@NEOCOfficial @NDRRMA_Nepal— NEMRC, Nepal (@NepalNsc) April 1, 2023