\
मुख्य समाचारसमाचार

नेपाल प्रहरीका ५ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाण्डाै । नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयको बढुवा समितिले ५ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुने डीआईजीहरुमा क्रमशः वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेका छन् । ५ जना एआईजीको पद लामो समयसम्म खाली रहेपनि बढुवा हुन सकेको थिएन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि बढुवा समितिको बैठकले उम्मेदवार सूचीको नाम टुंग्याउँदै ५ जना डीआईजीको सिफारिस गरेको हो ।

Leave a Reply