सिरीजङ्घा गाउँपालिका र कञ्चनजङघा सम्वन्धी बृतचित्र लोकापर्ण गरिंदै
काठमाडौँ । ताप्लेजुङ जिल्लाको सिरीजङ्घा गाउँपालिकाको नयाँ बृतचित्र लोकापर्ण गरिने भएको छ । सिरीजङ्घा गाउँपालिकाको बृतचित्र यही फागुन ८ गते सोमबार लोकापर्ण गर्न लगिएको सिरिजंगा सरोकार समाज, नेपालका अध्यक्ष अधिबक्ता हरिचन्द्र भट्टराईले बताए ।
यसै सन्दर्भमा सिरीजङ्घा गाउँपालिकाका विभिन्न क्षेत्रका साँस्कृतिक, प्राकृति तथा धार्मिक सम्पदाहरु लगायत विविध पक्षहरुलाई समेटी सिरिजङघा गाउँपालिकाको बृतचित्र तयार गरिएको अध्यक्ष भट्टराईले बताए ।
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा मुलतः यस गाउँपालिकाभित्र पर्ने भएको र यो हिमालमा आरोहण गर्न जाने मुख्य बाटो समेत यही गाउँपालिकामा पर्ने भएको हुँदा अर्को कञ्जनजङ्घा हिमाल क्षेत्र समेटिएको बृत्तचित्र गरी दुई वटा वृत्तचित्र लोकापर्ण गर्न लागिएको हो ।
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा सिरीजङ्घा गाउँपालिका पर्नु सिरीजङ्घाको लागि गौरवको कुरा भएकोले कञ्चनजङ्घा क्षेत्रको पर्यटन प्रबद्र्धन भएमा ताप्लेजुङ लगायत देशकै लागि फाइदा पुग्ने कुरामा दुईमत नहुने भट्टराईले बताए ।
कञ्चनजङ्घाको राष्ट्रिय स्तरवाट प्रचार प्रसार पुग्न नसकेर छायाँमा परेको अवस्थालाई महशुस गरी यस क्षेत्रको समग्र विकासका आयामहरुलाई अगाडि बढाई दीगो विकासका लागि पर्यटन पवद्र्धनलाई मुख्य आयामका रुपमा अगाडि बढाउन सकिएमा कञ्चनजङ्घा क्षेत्रको खास गरी सिरिजङ्घा गाउँपालिका क्षेत्रको पछौटेपन, अविकासको अवस्थाबाट माथि उठाउन महत्वपूर्ण रणनीति हुने महशुस गरी सिरिजङ्घा गाउँपालिकाले विशेष रुपमा सक्रिय रुपमा पर्यटन प्रवद्र्धन गर्ने निर्णय गरिएको हो ।
अतः यस हिमाली क्षेत्रलाई पर्यटनका माध्यमबाट बजारीकरण गरी अथाह आर्थिक उपार्जन गर्न सकिने सम्भावनालाई तीव्र रुपमा गतिशीलता दिने गरी कार्य गर्नुपर्ने महसुस गरी यही फागुन ८ गते काठमाडौको राष्ट्रिय नाचघर, जमलमा सिरिजङ्घा गाउँपालिका प्रमुख आयोजक तथा सिरिजङ्घा सरोकार समाज नेपालको सह–आयोजक भई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुदन किरातीको प्रमुख आतिथ्यतामा पूर्वमन्त्री माननीय योगेश कुमार भट्टराई, प्रतिनिधिसभा, प्रदेश सभाका सदस्यहरु, पूर्व मन्त्रीलगायत पर्यटन क्षेत्रका संघसंस्थाहरु, पत्रकार, पर्यटन व्यवसायी, पर्यटन उद्योगी, विभिन्न विश्वविद्यालयका प्रतिनिधि, क्याम्पस, कलेजका प्रतिनिधि, ताप्लेजुङ् जिल्लाका विभिन्न संघसंस्थाहरु, राजनीति पार्टी, नेता, सामाजिक अभियान्ता, प्राकृतिक अभियान्ता, बातावरणविद्, धार्मिक, सामाजिक तथा सस्कृतिविद्, पर्यटन विज्ञ, मौसम विज्ञ, भाषालिपी विज्ञ लगायतको भव्य उपस्थितिमा उक्त दुई बृत्तचित्रहरु लोकार्पण सहित पदर्शनी हुन गइरहेका छन् ।
यस लोकापर्ण कार्यक्रमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहसम्म प्रचार प्रसार गरी यस अभियानलाई प्रभावकारी बनाई दिन आम संचार जगत, अनलाइन पत्रकार, टेलिभिजन, एफ.एम. रेडियो लगायत सबैमा आयोजक सिरिजङ्घा गाउँपालिका र सह–आयोजक सिरिजंगा सरोकार समाज, नेपालले हार्दिक अपील गरेका छन् ।
साथसाथै, उक्त लोकार्पण कार्यक्रममा भव्य र शभ्य उपस्थितिका लागि समेत नागरिक समाज, पत्रकारवर्ग, सर्बसाधारण, माननीयहरु, सरकारका विभिन्न अंगका पदाधिकारी तथा कर्मचारीहरु, सुरक्षा निकाय, राजनीतिक क्षेत्रमा लाग्नुहुने व्यक्तित्वहरु, नेतागण, भातृ संगठन, विश्वविद्यालय, क्याम्पस, कलेज, सामुदायिक तथा संस्थागत विद्यालयहरु लगायत सम्पूर्ण तह र तप्काका महानुभावहरुलाई उक्त बृत्तचित्र लोकार्पण कार्यक्रममा उपस्थितिका लागि हार्दिक अपील गरिएको छ ।
बृत्तचित्रका विशेषताहरु :
संस्कृति, शिक्षा, स्वास्थ्य, यातायातको अवस्था, लिम्बू साँस्कृतिक संग्राहलय देखि कञ्चनजङ्घा हिमालसम्मको भ्रमण क्षेत्रको दृश्यावलोकन, आर्थिक उपार्जन, कृषि प्रणालीका विविध आयामहरु आदि । यसमा मामांखेको लिम्बु म्युजियम अबलोकन पछि याम्फुदिन, नयाँ झोरेनी हुँदै जाने बाटोको यात्रामा मकालु, कुम्भकर्ण (फक्तालुङ), कञ्चन्जङ्घा (खेसेलुङ्) लगायतका हिमश्रृंखलाहरुको मनमोहक दृश्यावलोकन, पाथीभरा मन्दिर अवलोकन, तिम्बुङ पोखरी, हाँसपोखरी, दुधपोखरी जस्ता पोखरीहरुको अवलोकन गर्न सकिने, भारतको सिक्किमसम्मको सहजै अबलोकन गर्न सकिने आदि ।
कार्यक्रमका विवरण :
मिति : २०७९ फाल्गुण ८ गते
समय : दिनको १ः०० बजे
स्थान : राष्ट्रिय नाचघर जमल, काठमाडौं ।
अपीलकर्ता :
सह–आयोजक : सिरिजंगा सरोकार समाज, नेपाल आयोजक : सिरिजङ्घा गाउँपालिका