यातायात मजदुरको आन्दोलनले काठमाडौँमा सार्वजनिक यातायात ठप्प
काठमाडौँ । यातायात मजदुरहरूको आन्दोलनले काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात ठप्प भएको छ । सरकारले आफूहरूसँग गरेको सहमति पालना नगरेको भन्दै हिजो सोमबार आन्दोलनमा उत्रिएमा यातायात व्यवसायीले आज सार्वजनिक यातायात बन्द आह्वान गरेका हुन् ।
ट्राफिक नियमविरुद्ध यातायात मजदुरहरुले आज काठमाडौं उपत्यकामा यातायात सेवा बन्द गराएपछि फाटफुट निजी सवारीसाधन चलेपनि सडक खाली छ भने भाडाका ट्याक्सी पनि सडकमा छैनन् । सरकारले माग पूरा गर्ने भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन व्यवसायीहरूलाई आग्रह गरेको छ ।
अचानक भएको सवारी ठप्पका कारण हजारौँ यात्रुहरू अलपत्र परेका छन् । सार्वजनिक यातायात बन्द भएपछि यसको फाइदा राइडरहरुले उठाइरहेका छन् ।अहिले पठाओ, इन्ड्राइभका राइडरहरुले चर्को मूल्यमा अफलाइन यात्रा गर्न बार्गेनिङ गरिरहेका देखिन्छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका अध्यक्षले विज्ञप्ति जारी गर्दै यातायात ठप्प बनाएको हो ।सरकार र यातायात मजदुर तथा व्यवसायीबीच सिंहदरबारमा वार्ता जारी रहेको छ ।