\
मुख्य समाचारसमाचार

रसियाद्वारा युक्रेनमाथि क्षेप्यास्त्रको वर्षा

किएभ । रुसले युक्रेनमा व्यापक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ । पूर्वी क्षेत्रमा क्रेमलिनले प्रभाव जमाउने उद्देश्यका साथ हिजो बिहानैदेखि हवाई हमला गरेको थियो ।

रुसी सेनाले ७१ वटा क्रुज मिसाइल, ३५ एस–३०० मिसाइल र सात शाहेद ड्रोन प्रहार गरेको छ । क्षेपण गरेको युक्रेनका सैन्य प्रमुख जनरल भ्यालेरी जालुज्नीले बताए ।

क्रेमलिनको सेनाले युक्रेनको औद्योगिक क्षेत्रलाई आक्रमणका निशाना बनाएको छ । विशेष गरी लुहान्स्क र डोनेस्क प्रान्तलाई उसले मुख्य लक्ष्य बनाएको छ । युक्रेनी ऊर्जा प्रणालीलाई नष्ट गर्न रुस लागिपरेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

यसैबीच, युक्रेनी वायुसेनाले आफ्नो प्रतिरक्षा प्रणालीले ७१ वटा रुसी क्षेप्यास्त्रमध्ये ६१ वटा खसालेको दाबी गरेको छ । “शत्रुले युक्रेनको महत्वपूर्ण पूर्वाधारमा ठूलो मिसाइल आक्रमण गरेको र उसका ६१ वटा क्षेप्यास्त्र नष्ट भइसकेका छन्,”एक जना सैनिक अधिकारीले एपीसँग भने ।

Leave a Reply