\
बागमती प्रदेशमुख्य समाचारसमाचार

अनामनगरमा अवैध संरचनामाथि महानगरले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित देवीनगरमा डोजर चलाएको छ । महानगरले वडा नम्बर १० को धोबीखोलास्थित देवीनगरमा अतिक्रमित संरचनामाथि डोजर चलाएको हो ।

सरकारी जग्गामा अवैध रूपमा बनाइएका संरचनामाथि महानगरले डोजर चलाएको हो । महानगरले गत साउन १ गते एक सूचना जारी गर्दै सबै अवैध संरचना हटाउन आग्रह गरेको थियो ।

यसअघि महानगरले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्सा विपरीतको वेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ ।

Leave a Reply