\
मुख्य समाचारसमाचारसुदूरपश्चिम प्रदेश

बैतडीमा जीप दुर्घटना : केही मानिसको हाताहाती भएको आशंका

बैतडी । बैतडीमा आज बिहान जीप दुर्घटना हुँदा केही मानिसको हाताहाती भएको आशंका गरिएको छ । बैतडीको पाटन नगरपालिका-७ थुम भन्ने स्थानमा प्रहरी चढेको जीप दुर्घटना भएको हो ।

बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना भएको हो । १२ जना सवार जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ ।

केही मानिसको हाताहाती भएको आशंका गरिएको छ । घाइते ६ जनालाई उपचारका लागि पाटनस्थित अस्पताल पठाइएको छ । उक्त दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Leave a Reply