डेंगु संक्रमण भएपछि मुख्यसचिव शंकरदास बैरागी अस्पतालमा भर्ना
काठमाडौँ । मुख्यसचिव शंकरदास वैरागीलाई डेंगु संक्रमण भएपछि अस्पतालमा भर्ना भएका छन् । डेंगु संक्रमण भएपछि मुख्यसचिव बैरागी अस्पतालमा मिनभवनस्थित निजामती कर्मचारी अस्पताल भर्ना भएका हुन् ।
वैरागीलाई शनिबार रातिदेखि सिभिल अस्पताल भर्ना गरिएको हो । मुख्यसचिव वैरागीको उपचारमा संलग्न चिकित्सकका अनुसार संक्रमणका कारण उनलाई उच्च ज्वरो आएकोले अस्पताल भर्ना गरेर आईसीयूमा राखिएको हो ।