\
गण्डकी प्रदेशमुख्य समाचारसमाचार

मनास्लु आधार शिविरमा हिमपहिरो, बेपत्ता पर्यटकको उद्धार गरिदै

काठमाडौं । गोरखा जिल्लाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । गोरखाको चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो जाँदा केही पर्यटक बेपत्ता भएको आशंका गरिएको प्रहरीले बताएको छ ।

हिम पहिरोमा ७-८ जना परेको हुनसक्ने आशंका गरिएको छ । प्रहरीका अनुसार उद्धारका लागि सो स्थानमा हेलिकोप्टर पठाइएको छ । मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा सोमबार हिमपहिरो जाँदा पर्यटक बेपत्ता भएको प्रहरीले जनाएको छ ।

हिमपहिरोमा परी केही व्यक्ति घाइते भएको भनिए पनि यकिन विवरण प्राप्त नभएको प्रहरीको भनाइ छ । उक्त हिमालमा ४०४ जना आरोहणका लागि गएको बताइएको छ ।

Leave a Reply