६ तलामाथिबाट एकसाथ हाम फाल्दा बुद्धनगरमा दुई किशोर किशोरीको मृत्यु
काठमाडौं । ६ तलामाथिबाट एकसाथ हाम फाल्दा काठमाडौँको बुद्धनगरमा दुई किशोर किशोरीको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१० स्थित बुद्धनगरको एक निर्माणधीन घरको छैठौं तलाबाट एकसाथ हाम फालेर दुई जना किशोर किशोरीको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मृत्यु हुनेमा भारत विहार घर भई हालः पेप्सीकोला बस्दै आएका १४ वर्षीय अनिकेत रोष र घट्टेकुलोका स्थायी बासिन्दा १४ वर्षीया कृतिका जैसवाल रहेको प्रहरीले जनाएको छ । उनीहरु पाठशाला स्कुलमा कक्षा ९ मा अध्ययनरत रहेको प्रहरीले बताएको छ ।
आज साँझ उनीहरु उक्त घरबाट हाम फालेपछि तत्काल सिभिल अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले बताएको छ । उक्त घटनाको अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।