\
मधेश प्रदेशमुख्य समाचारसमाचार

धनुषाको सिडिओ कार्यालयका प्रशासकीय अधिकृत ठाकुरको हृदयाघातबाट निधन

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत प्रशासकीय अधिकृत बालवीर ठाकुरको गएराति हृदयाघातबाट निधन भएको छ । महोत्तरीको गौशाला नगरपालिका निवासी ४५ वर्षीय प्रशासकीय अधिकृत ठाकुरको हृदयाघातका कारण निधन भएको धनुषा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

गएराति घरमा सुतेकै अवस्थामा स्वास्थ्यमा समस्या देखिएपछि परिवारजनले उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रजिअ पौडेलले बताए । गत २०७८ मङ्सिर महिनादेखि ठाकुर जिल्ला प्रशासन कार्यालयमा कार्यरत थिए ।

Leave a Reply