\
अपराधघटनाराष्ट्रिय समाचारसमाचार

पाटेबाघको छालासहित एक पक्राउ

२५ वैशाख, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुर र केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोको संयुक्त टोलीले पाटेबाघको छालासहित एक जनालाई गए राति पक्राउ गरेको छ ।

जिल्लाको वाग्मती गाउँपालिका–४ लामकानाबाट पाटेबाघको छाला र हाडसहित सोही गाउँपालिका–३ का चेतबहादुर वाइवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्य दुई अभियुक्त भने भाग्न सफल भएको बताइएको छ ।(रासस)

Leave a Reply