\
समाचारहेडलाइन

आईजीपी नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतद्वारा खारेज

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्तिविरुद्ध दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले पोखरेलको रिट खारेज गरेको हो ।

अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको रिटमा सर्वोच्चले धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय कानुनसम्मत भएको ठहर गरेको हो । एआईजी पोखरेल साउन २० गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन् ।

सर्वोच्च यो आदेशसँगै एआईजी पोखरेलको आईजीपी बन्ने सपना चकनाचुर भएको छ । एआईजी पोखरेलसामु अव प्रहरी प्रधान कार्यालयमा हाजिर हुने वा राजीनामा दिने मात्र विकल्प मात्र बाँकी रहेको छ ।

सरकारले आइजिपीमा सिंहलाई बढुवा गरेपछि एआइजी पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले तेस्रो वरियताका व्यक्तिलाई बढुवा गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आइजिपी बनाएको भन्दै पोखरेलले रिट दर्ता गरेका थिए ।

वैशाख १८ मा मन्त्रिपरिषद्ले सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेपछि वरिष्ठता मिचेको भन्दै प्रतिस्पर्धी एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

Leave a Reply