\
गण्डकी प्रदेशमुख्य समाचारसमाचार

पहिरोले पृथ्वी राजमार्गको जामुने-खैरेनी सडक अवरुद्ध

दमौली । पृथ्वी राजमार्ग तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित तुरतुरेमा आज बिहान पहिरो खस्दा जामुने-खैरेनी सडक अवरुद्ध भएको छ । शुक्रबार रातिदेखि परेको वर्षाले पहिरो खसेपछि पृथ्वीराजमार्गको उक्त खण्ड अवरुद्ध भएको हो ।

सडकभन्दा माथिबाट पहिरो खसेपछि उक्त खण्ड दुईतर्फी रुपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो हटाउने कार्य जारी रहेको उनले बताए ।

Leave a Reply