बालुवाटारको सुनौलो परिवारको कार्यालयमा आगलागी, अझै नियन्त्रणमा आएन
काठमाडौं । काठमाडौं बालुवाटारस्थित सुनौलो परिवार नेपालको भवनमा आगलागी भएको छ । आज बिहान ६ बजेबाट सुनौलो परिवार कार्यालयको भवनमा सुरु भएको आगलागी नियन्त्रणमा आएको छैन ।
दमकलको सहायताले आगो निभाउने काम जारी रहेको प्रहरीले बताएको छ । ५ वटा दमकल प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको छ । काठमाडौं महानगरपालिका र प्रहरीको दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
अहिले प्रहरीको दमकलको सहयताले पनि आगो निभाउन थालिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहायतामा आगो निभाउने प्रयास भइरहेको छ ।
आगलागीको कारण बालुवाटारबाट सवारी साधनलाई डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ । आगलागीको कारण र त्यसले पुर्याएको क्षतिको थप विवरण आउन बाँकी छ ।