श्रममन्त्री किसान श्रेष्ठ तत्काल राजीनामा नदिने मोडमा
काठमाडौं । श्रम तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठ तत्काल राजिनामा नदिने मोडमा देखिएका छन् । उनले मन्त्रिमण्डल पुनर्गठन गर्ने अधिकार प्रधानमन्त्रीलाई मात्र रहेको बताएका छन् ।
उनले आफूले राजीनामा नदिने र प्रधानमन्त्रीले पुनर्गठन गर्ने वितिकै आफू स्वत: हट्ने स्पष्ट बताएका छन् । मन्त्री पार्टीले बनाएको र फिर्ता पनि पार्टीले बोलाएको भन्दै राजीनामा नदिने र पत्रकार सम्मेलन पनि नगर्ने बताएका छन् ।
मन्त्रीबाट पदबाट राजीनामा दिएको पत्र बुझाएका पर्यटनमन्त्री प्रेम आलेको पत्रकार सम्मेलन जारी रहेको छ भने शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि पत्रकार सम्मेलन आयोजना गरेकी छन् ।