भक्तपुरको चाँगुनारायण केन्द्रविन्दु बनाएर एकाबिहानै ४.७ म्याग्निच्युडको भूकम्प
काठमाडौँ । काठमाडौँ उपत्यकामा आज शनिबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर एकाबिहानै ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।
काठमाडौँ उपत्यकावासीहरु भूकम्पको धक्का महसुस गारीपछि घरवाट बाहिर निस्केका थिए । भूकम्पको धक्का काठमाडौं उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लाहरुमा महसुस गरिएको बताइएको छ ।
An Earthquake of Ml 4.7 occurred around Changunarayan of Bhaktapur district at 02:36. NEMRC/DMG @NEOCOfficia @NDRRMA_Nepal
— NEMRC, Nepal (@NepalNsc) June 10, 2022