\
गण्डकी प्रदेशसमाचार

लाइन्स क्लव अफ मध्यविन्दु सिटीको बैठक सम्पन्न

नवलपुर । आज शुक्रबार लाइन्स क्लव अफ मध्यविन्दु सिटी १४७७३५ को क्लव मिटिङमा आज भएको छ । उक्त मिटिङले यस क्लबका सदस्यहरूलाई सदस्यता प्रमाणपत्र दिने कार्यक्रम पनि राखेको थियोे ।

नेपालमा लाइन्स क्लवले विविध कार्यक्रम संचालन गर्दै आएको छ । यो क्लबको मुख्य उद्धेश्य समाजमा चाहे स्वास्थ्य क्षेत्र होस् या अन्य क्षेत्रमा सहयोगी भावनाको विकास यो क्लबले निभाउँदै गरेको छ ।

यो क्लब भनेको विशुद्ध राजनीतिकरहित सामाजिक क्लबको रूपमा परिचित छ । यो क्लबको सन् १९१७ जुन ७ तारिखमा स्थापना भएको देखिन्छ । यो क्लबको मुख्य उद्धेश्य समाजमा आपत-विपत परेकालाई सहयोग गर्ने संस्थाको रूपमा चिनिदै आएको छ ।

विश्वका अधिकांश देशमा यो क्लब फैलिएको छ । निकट भविष्यमा यस क्षेत्रमा लाइन्स क्लवले आपत परेकालाई सहयोग गर्ने छ भन्ने कुरा बक्ताहरुले औल्याउनुको साथै प्रतिबद्धता व्यक्त समेत गरेका छन् ।

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

Leave a Reply