\
बागमती प्रदेशमुख्य समाचारसमाचार

पहिराको कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक एकतर्फी संचालनमा

मुग्लिन । वर्षासँगै खसेको पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी संचालनमा आएको छ । चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको थियो ।

आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भएपछि सडक एकतर्फी संचालनमा आएको हो । पहिराकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको थियो ।

इच्छाकामना–४ स्थित नाग्दिखोलामा गए राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको थियो । सो सडकखण्ड पनि खुलाउने प्रयास जारी रहेको छ ।

Leave a Reply