\
समाचार

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना

गण्डकी । गण्डकी प्रदेशको राजधानी पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरलाइन्सको विमान दुर्घटना भएको छ । पोखरा विमानस्थलबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको १९७ नम्बरको ९ एनएईटी रजिस्ट्रेसन भएको जहाज विमान दुर्घटना भएको पुष्टि भएको हो ।

हेलिकप्टर सोसाइटी अफ नेपालका महासचीव योगराज कँडेलका अनुसार उक्त विमान मुस्ताङको लार्जुङ भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको बताएका छन् । यद्यपि नेपाली सेनाले उक्त विमान मुस्ताङको लेते आसपासमा नौलीकोट भन्ने ठाउँमा दुर्घटना भएको हुनसक्ने आशंका गरेको छ ।

पोखराबाट उडेको उक्त जहाज बिहान १० बजेर १२ मिनेटमा उक्त जहाज जोमसोम नागरिक उड्यन कार्यालयको टावरसँग सम्पर्क भएपनि त्यसपछि सम्पर्कबिहीन भएको थियो ।

विमानमा १९ यात्रु र चालक दलका ३ जना सदस्य रहेको जनाइएको छ । यात्रुहरूमध्ये १३ जना नेपाली, ४ जना भारतीय र २ जना जर्मन नागरिक पनि रहेको जोमसोम नागरिक उड्यन कार्यालयले जानेको छ ।

विमानलाई सिनियर पाइलट क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । उनीसँगै सह-पाइलट उत्सव पोख्रेल र एयर होस्टेस क्रिस्मी थापा रहेका छन् ।

Leave a Reply