\
अपराधघटनाराष्ट्रिय समाचारसमाचार

फेसबुकको दुरुपयोग गर्ने पक्राउ

१८ वैशाख, काठमाण्डौ । फेसबुकको दुरुपयोग गरेर दुःख दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न व्यक्तिको नाममा नक्कली फेसबुक आइडी बनाएर म्यासेजमार्फत अश्लिल फोटो पठाउने, पोस्ट गरिदिने, अश्लिल शब्द बोल्ने, भेट्न बोलाउने, भेट्न नगएमा फेक आइडी बनाएर दुःख दिइने आरोपमा झापा मेचीनगर–१० का ३० वर्षीय श्यामकृष्ण सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीविरुद्ध सार्वजनिक अपराध ऐन २०२७ अन्तर्गत म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply