\
मुख्य समाचारराजनीतिसमाचार

पदाधिकारी मनोनयन गर्ने कांग्रेस बैठक सर्‍यो

१७ वैशाख, काठमाण्डौ  । पदाधिकारी मनोनयनका लागि आज (सोमबार) बिहान बस्ने भनिएको नेपाली कांग्रेसको बैठक सरेको छ ।  पार्टीको १३औं महाधिवेशन भएको २६ महिनापछि सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनको लागि नाम प्रस्ताव गर्ने तयारी गरेका थिए ।

तर, बैठक वैशाख २१ लाई सरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । पार्टीको विधानअनुसार एक उपसभापति, एक महामन्त्री तथा एक सहमहामन्त्रीका लागि सभापतिले नाम प्रस्ताव गर्ने तयारी थियो ।

Leave a Reply