प्रधानमन्त्री शेरबहादुर देउवाका भाई प्रेमबहादुको निधन
काठमाडौँ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाका भाई प्रेमबहादुर देउवाको निधन भएको छ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक संजाल ट्वीटरमा लेख्दै प्रधानमन्त्री देउवाका भाई प्रेमबहादुको निधन भएको जानकारी दिएका हुन् ।
डडेल्धुरा घर भएका प्रेमबहादुरको क्यान्सरको उपचारका क्रममा हिजो सोमबार राति काठमाडौंको वीर अस्पतालमा निधन भएको देउवानिकट स्रोतले जानकारी दिएको छ ।
नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाका भाई प्रेमबहादुर देउवाको निधनको खबरले स्तब्ध र मर्माहत बनाएको छ।
शोकको यस समयमा सम्पूर्ण देउवा परिवारमा हार्दिक समवेदना र स्व प्रेमबहादुर देउवाप्रती श्रद्धाञ्जली । pic.twitter.com/f2hF9iU3PC— Dr Shekhar Koirala (@Shekharnc) May 17, 2022