\
बागमती प्रदेशसमाचारहेडलाइन

काठमाडौँमा गुडिरहेको बसमा अचानक धुवाँको मुस्लो आएपछि…

काठमाडौं । काठमाडौँमा गुडिरहेको बसमा अचानक धुवाँको मुस्लो आएको छ । काठमाडौंको अनामनगरस्थित उपत्यका विकास प्राधिकरण अगाडि पुग्दा नेपाल यातायातको गुडिरहेको बसमा अचानक धुवाँको मुस्लो आएको हो ।

नेपाल यातायातको बा ५ ख ११७५ नम्बरको बसमा एक्कासि ठूलो आवाज आएर धुवाँको मुस्लो आएकोले यात्रुहरू आत्तिएपछि बसका चालकले यात्रुहरूलाई ओरालेका थिए । यसरी बसका चालकले यात्रुहरूलाई बसवाट ओरालेकोले गर्दा मानवीय क्षति भएन भने बस पनि ठुलो दुर्घटना हुनबाट जोगिएको छ ।

बसबाट धुवाँको मुस्लो देखिएपछि नजिकै रहेको प्रहरी कार्यालयबाट आएका प्रहरी र ट्राफिक प्रहरीले बसलाई आगलागी हुनवाट जोगाएका थिए । बसबाट धुवाँको मुस्लो आएपछि उक्त क्षेत्रको सडक जाम भएर केही समय अवरुद्ध समेत भएको थियो ।

Leave a Reply