\
मुख्य समाचारराजनीतिसमाचार

असारदेखि माइतीघर मण्डलामा पनि प्रदर्शन गर्न नपाइने

१३ वैशाख, काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले यसअघिको निर्णय सच्याउँदै आउँदो जेठ मसान्तसम्म माइतीघर मण्डलामा प्रदर्शन गर्न छुट दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले वैशाख २ गते सूचना  निकालेर सार्वजनिक कार्यक्रम तथा प्रदर्शनस्थल तोकेको थियो । यसअनुसार वैशाख १६ बाट माइतीघर मण्डला, रत्नपार्क लगायतका स्थानमा सार्वजनिक कार्यक्रम वा विरोध प्रदर्शन गर्न नपाइने उल्लेख थियो ।

Ktm suchana

प्रशासन कार्यालय काठमाण्डौले आज सूचना निकालेर तयारी गर्न समय चाहिएको भन्दै सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थलसम्बन्धी निर्णय असार एकबाट मात्र लागू हुने बताएको छ ।

Leave a Reply