\
गण्डकी प्रदेशसमाचार

वर्षौदेखि नवलपुरको चोरमारा-७ मा लाग्दै आएको बजार सार्ने तयारी

नवलपुर । विगत लामो समयदेखि नवलपुरको मध्यविन्दु नगरपालिका चोरमारा-७ मा शनिबार साप्ताहिक रुपमा लाग्दै हाटबजार लाग्दै त्यस ठाउँमा नलगाएर वडा नम्बर ४ मा लाग्ने खबर प्राप्त भएको छ ।

नियमित लाग्ने गरेको हाट बजार क्षेत्रमा नगरपालिकाले कृषि उपज संकलन केन्द्र निर्माण गर्ने भएपछि हाट बजार सारिएको जानकारी हामीलाई प्राप्त भएको हो । मंगलबार लाग्ने बजार क्षेत्रमा नै अबदेखि शनिबारको लाग्ने कुरा हाट बजार व्यवस्थापन समितिका पदाधिकारीबाट यो कुरा थाहा हुन आएको हो ।

पहिलेको ठाउँमा शनिबार लाग्ने हाट बजार सरेर आजदेखि मंगलबार लाग्ने हाट बजार स्थलमा बजार लाग्न थालेको जानकारी हामीलाई प्राप्त भएको हो । हाट बजारले कृषक उत्साहित हुन सक्छन् र हप्ताभरीका लागि ताजा तरकारी र आवश्यक सामान किन्न समेत मद्दत हाट बजारले गरेको हुन्छ ।

यो पनि पढ्नुहोस्

वर्षौदेखि साप्ताहिक रुपमा लाग्दै आएको नवलपुरको तमसरिया बजार अव नलाग्ने

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

Leave a Reply