बिहे घरमा करेन्ट लागेर एक जनाको मृत्यु, ७ जना घाइते
तहट । रौतहटको एक बिहे घरमा गीत गाउने क्रममा माइकमा विद्युतको करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार दुर्गाभगवती गाउँपालिका १ स्थित एक विवाहमा शनिवार राति नाचगान गर्ने क्रममा करेन्ट लागेर ३० वर्षीया सम्घरिया देवीको मृत्यु भएको हो।
शिवदर्शन अस्पतालमा उपचारको क्रममा देवीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तैगरी करेन्ट लागेर ७ जना घाइते भएका छन् । नरेश राउतकी सम्घरिया देवीलाईसहित ८ जना महिलालाई करेन्ट लागेको थियो ।